अनुमोदन समाचार/धनगढी
फागुन, २४ गते
नेपाल विद्यार्थी संघ कैलालीको ११ औं अधिवेशन तोकिएको मितिमा हुनुपर्ने माग राख्दै नेपाल विद्यँर्थी संघ जिल्ला कार्य समितिले बुधवारदेखि पार्टी कार्यालयमा रिले अनसन शुरु गरेको छ ।
जिल्ला अधिवेशन तोकिएको मिति फागुन २५ र २६ हुनु पर्ने र राष्ट्रिय महाधिवेशन समेत चाँडो हुनु पर्ने माग राख्दै रिले अनसन थालिएको अनसनमा बसेका नेविसंघका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले बताए ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिले आफू हरुलाई कुनै जानकारी नदिई अधिवेश सारेकोले त्यसको विरोधमा अनसन थालिएको अध्यक्ष शाहीले बताए ।
उनले जिल्ला अधिवेशनका लागि मात्र अनसन नभएर राष्ट्रिय महाधिवेशन चाँडो गराउनका लागि समेत रहेको बताए ।मंगलवार धनगढीमा बसेको नेविसंघको बैठकले अधिवेशनका लागि विभिन्न व्यवस्थापन समितिको संयोजक समेत तोकिसको छ ।
संस्थापन पक्षधर मानिने नेविसंघका कृष्ण कुँवरले आफूहरु अधिवेशनको विरोधी नभएको बताएका छन् । उनले आफूहरुस“ग सल्लाह नगेरै एक्लोटी रुपमा अधिवेशन गर्न लागेको आरोप लगाए ।
नेविसंघ कैलालीको जिल्ला अधिवेशन पटक–पटक सर्दै आएको छ ।
नेविसंघका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले पार्टीका कारण चार पटक अधिवेशन सरेको बताए ।
No comments:
Post a Comment