Friday, March 8, 2013

विश्व नारी दिवस मनाइयो

अनुमोदन समाचार/धनगढी
फागुन, २६गते
 महिला हिंसा अन्त्य गरौं, कुरा होइन, काम गरौं भन्ने नाराका साथ शुक्रवार देशभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । दिवसका अवसरमा कैलालीका विभिन्न ठाउँमा विविध कार्यक्रम गरिएको छ ।
    महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्था, राजनीतिक दलसम्बद्ध महिला संगठन, राष्ट्रिय महिला आयोगलगायतले छुट्टाछुट्टै कार्यक्रम गरेर दिवस मनाए । दिवसका अवसरमा अखिल नेपाल महिला संघले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
    संघकी नगर अध्यक्ष रुकमणी देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले )का कार्यवाहक जिल्ला अध्यक्ष हुनुमान चौधरी, अखिल नेपाल महिला संघकी अञ्चल संयोजक पार्वति चौधरी, कलावति जोशी, शन्तोषी शर्मा, मिना विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    उनीहरूले महिलाहरू राज्यको हरेक सेवा सुविधाबाट पछाडि परेको बताएका छन् । हालसम्म हिंसा पीडित महिलाले कानुनी उपचार नपाएकाले महिला हिंसामा बृद्धि हुँुदै गएको महिला अधिकारर्कीहरूको भनाइ छ । मुलुकमा महिला हिंसाका घटनामा बृद्धि भए पनि त्यसलाई रोक्न उदासिन भएको आरोप लगाएका थिए । छाउपडी प्रथा, जारी प्रथा बालविवाह, लगायतका कुप्रथाका कारणले पनि महिला हिंसामा बृद्धि भैरहेको उनीहरूले बताएका छन् । दिवसका अवसरमा टीकापुरमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो । दिगो विकास महिला सञ्जाल, सञ्चारिका समूह र हुराड्सले संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
    महिला सञ्जाल टीकापुरकी अध्यक्ष चन्द्रावती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कमला केसी, ललिता शाही, पवनदेवी तिमिल्सिना, सीता भट्टराई, दुर्गा देवकोटा, मोतीराम भण्डारी, रामबहादुर सोडारी बालेका थिए । दिवसका अवसरमा असल कृषक आमा समूह टीकापुर–८, सीतापुरको आयोजना तथा असल छिमेकी  नेपालको सहयोगमा घर शान्ति नै विश्व शान्तिको आधार हो दमनको प्रतिकार गरी महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ जनचेतनामुलक नाटक भएको हो ।
    प्रतियोगितामा मखमली र प्रगति आमा समूह प्रथम, चमेली आमा समूह द्वितिय र गुराश आमा समूह तृतिय भएका छन् ।
    प्रतियोगितामा पाँचवटा समूह सहभागी भएका थिए । टीकापुर नगरपालिकाकी कार्यकारी अधिकृत रञ्जु आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन नमुना खड्काले  गरेकी थिइन । यस्तै चेतनशील महिला सहकारी संस्था, सिएसएसडी नागरिक सचेतना केन्द्र बैजपुर र समाज विकासका लागि सचेत समाज धनगढीको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । साथै, बैजपुरकी आपड्ड महिला भगपति चौधरीलाई सम्मान गरेको छ । दिवसकै अवसरमा चेतना महिला रक्षक संजाल भजनी र मुक्त कमैया जागरण समाजको आयोजनामा भजनिमा ¥यालीसहित कोण सभाको आयोजना गरिएको थियो ।
    अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरूले समान कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संर्घ सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरूले सन् १९१० देखि मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरू २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।

No comments:

Post a Comment