फागुन, २४गते
नेकपा-माओवादीसहितको संयुक्त मोर्चाले आह्वान गरेको बुधवारको नेपाल बन्दका कारण कैलाली लगायत देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भयो ।
बन्दका कारण उद्योग, कलकारखाना, विद्यालय, बजार, सरकारी तथा गैरसरकारी संस्था ठप्प रहे भने यातायात सञ्चालन हुन सकेन ।
बन्दले सुनसान धनगढी बजार
धनगढीमा फाट्टफुट्ट रूपमा मोटरसाइकल चले पनि अन्य सवारी साधन भने ठप्प रहेका थिए । बन्दका कारण अधिकांश मानिसहरू हिंडेर आफ्नो गन्तव्यतर्फ जान बाध्य भएका थिए । बन्दका कारण बसहरू धनगढी बसपार्कमै रोकिएका थिए ।
बन्द सफल पार्न नेकपा–माओवादी र साना वामपन्थी दलका कार्यकर्ता विहानैदेखि सडकमा उत्रिएका थिए । बन्दलाई सफल पार्न बन्द आह्वान कर्ताले दिउ“सो बजारमा जुलुस समेत प्रर्दशन गरेका थिए ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने मुख्य दलको तयारी गैरजिम्मेवार र संविधानविपरीत भएको तथा दलहरू बीचबाटै प्रधानमन्त्रीको चयन गरिनुपर्ने भन्दै संयुक्त मोर्चाले बुधवार नेपाल बन्द आह्वान गरेको थियो ।
बन्दको प्रभाव शिक्षण संस्थामा पनि परेको थियो बिहानको समयमा पढाइ सुरु हुने विद्यालयमा पढाइ ठप्प भएको थियो ।
बन्दको मार सबैभन्दा बढी परीक्षााको तयारीमा बसेका विद्यार्थीलाई परेको छ । उनीहरुले बन्दको विकल्प खोज्न बन्दकर्तालाई आग्रहसमेत गरेका छन् ।
बन्दका क्रममा कैलालीमा कुनै अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ । बन्दमा कुनै अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सडक तथा बजार क्षेत्रका चोकमा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा भने बन्दको आंशिक प्रभाव परेको थियो । बजार तथा यातायात पूणर््ँरुपमा ठप्प भए पनि कार्यालय, शैक्षिक संस्था तथा घरेलु तथा साना कलकारखाना बिहानैदेखि खुलेका थिए । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, बाजुरा तथा अछामको यातायात र मुख्य बजार मात्र बन्द थिए् । कैलालीमा बेलुका ५ बजेपछि बन्द फिर्ता लिएको माओवादीका जिल्ला इन्चार्ज हेमराज भट्टराईले जानकारी दिए ।
चार दलले विदेशी हस्तक्षेप निम्त्याउने काम गरेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय सरकार गठनकोलागि बन्द आह्वान गरिएको ईन्चार्ज भट्टराईले बताए । कैलालीमा मार्चाले कोण सभाको आयोजना गरेर बन्द खुलेको जानकारी गराएको थियो ।
नेकपा-माओवादीसहितको संयुक्त मोर्चाको बन्द खुलेपनि आज ( बिहीवार) संघीय लोकतान्त्रिक मोर्चाले नेपाल कञ्चनपुरले नेपाल बन्दको घोषणा गरेको छ ।
संक्रमण कालको निकासका लागि संविधानसभा र स्थानीय निकायको चुनाव आगामी जेठ मसान्त भित्र सम्पन्न गर्नु पर्ने माग राख्दै मोर्चाले नेपाल बन्दको घोषणा गरेको मंगलवार प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

No comments:
Post a Comment