Thursday, March 7, 2013

शैक्षिक सुदृढीकरणका लागि सहकार्यको खाँचो

अनुमोदन समाचार/धनगढी
फागुन, २५गते
सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुदृढीकरणका सरोकारवालाहरूसँग  सहकार्यको खाँचो रहेको एक कार्यक्रमका सहभागिहरूले बताएका छन् ।
फाया नेपालको आयोजनामा बिहीवार धनगढीमा भएको सार्वजनिक विद्यालयको वातावरण सुदृढीकरणका लागि राजनीतिक सहमति एवं प्रतिवद्धता विषयक कार्यशालाका सहभागिहरूले सो कुरा बताएका हुन ।
उनीहरूले विद्यालय शान्ति क्षेत्र कार्यनिर्देशिका कार्यान्वयन हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्व शिक्षा राज्य मन्त्री मोहनसिंह राठौरले व्यवसायी र रोजगारी मुलक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।
उनले शिक्षा क्षेत्रमा राजयले लगानी गर्न नसकेकोले आमुल परिवर्तन हुन नसकेको बताए । देशमा दुई किसिमको शिक्षा नीति भएकाले शिक्षामा गुणस्तर हुन नसकेको बताउँदै नेता राठोरले एक शिक्षा नीतिको आवश्यकता रहेको औल्याए ।
नेपाली काँग्रेस कैलालीका पूर्व सभापति गोविन्दराज जोशीले शिक्षालाई दलिय भागवण्डाका कारण पनि शिक्षा क्षेत्र प्रभावित बन्दै गएको बताए । उनले शिक्षा क्षेत्रमा राजनीतिक तछाड–मछाड भएकोले विद्यार्थीहरूले गुणस्तरीय शिक्षाहासिल गर्न नसकेको बताए ।
उनले राजनितिक पार्टी लगायत सरोकारवाला सबैले गुणस्तरीय शिक्षाको सुदृढीकरण तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए ।
नेकपा (एमाले) का सेति अञ्चल सचिब महेश्वर पाठकले विद्यँलयमा बन्दको संस्कृति मौलाएको बताए । शिक्षामा पेशागत दायित्व आवश्यक रहेको पाठकको ठहर छ ।
कार्यक्रममा नेकपा (एमाले) का कार्यवाहक जिल्ला अध्यक्ष हनुमान चौधरी, नेकपा– माओवादीका जिल्ला सह–ईञ्चार्ज विरभान चौधरी,नेपाल शिक्षक संघका जिल्ला कोषाध्यक्ष पद्मराज जोशी, रामदास चौधरी, विमल धामी लगायतले विचार व्यक्त गरेका थिए । उनीहरूले विद्यँलयको अनुगमन तथा मुल्यांकन आवश्यक रहेको बताएका थिए ।

फाया नेपालका अध्यक्ष धनपति ढुंगेलले विद्यालयलाई बन्द देखि टाढा राख्नु पर्नेमा जोड दिएका थिए । विद्यालय शान्ति क्षेत्र भएकाले यसलाई बन्द नगर्ने भनेर राजनीतिक दलहरू बीच प्रतिवद्धता आवश्यक रहेको औल्याएका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा परियोजनाका संयोजक सचितानन्द जोशीले विद्यँलय ब्यवस्थापन समिति गठन गर्नुदेखि शिक्षक सरूवामा राजनीकिरण हुने गरेको बताएका थिए ।उनले शिक्षामा गुणस्तरियता ल्याउनका लागि राजनीतिक दलहरू बीच सहकार्यको खा“चो रहेको औल्याएका थिए । गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत सञ्चालित सो कार्यक्रमबाट जिल्लाका दक्षिण पूर्वि क्षेत्रका सामुदायिक विद्यालयमा बाल मैत्री शिक्षण विधि लागू भएको छ ।
जिल्लाको दक्षिणपूर्वी गाविसका ७५ सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू भएको छ ।  सो  क्षेत्रका १० गाविस र टीकापुर नगरपालिकाका ७५ विद्यालयमा गुणस्तरीय शिक्ष्ाँअन्र्तगत बालकेन्द्रीत सिकाई प्रणाली लागू
भएको परियोजनाका संयोजक जोशीले जानकारी दिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, शिक्षक संगठन, विद्यार्थी संगठन तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।







No comments:

Post a Comment