Friday, March 8, 2013

शिक्षक संगठनको अधिवेशन शुरु, सिंह र बम प्यानल चुनावी मैदानमा

अनुमोदन समाचार/धनगढी
फागुन, २६गते
    नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीको ११ औं अधिवेशन शुक्रवारदेखि शुरु भएको छ ।
    नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तिलक कुँवरले अधिवेशनको उद्घाटन  गरे ।
अधिवेशनको उद्घाटन गर्दै कन्द्रिय  सदस्य कुँवरले संगठनमा एकताको आवश्यकता रहेको बताए । उनले सहमतिबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।
    अधिवेशनको बन्द सत्र आज  (शनिवार) शुरु हुने शिक्षक संगठनले जनाएको छ । अधिवेशनमा औपचारीक रूपमा उम्मेद्वारी दर्ता नभएपनि दुई प्यानल मैदानमा उत्रिएका छन् ।
    अध्यक्ष पदका प्रत्यासी वर्तमान सचिव तिलक सिंह र उपाध्यक्ष नरबहादुर बमको प्यानल चुनावी मैदानमा उत्रिएको हो ।
    तिलक सिंहको प्यानलबाट उपाध्यक्षमाा  हर्क भण्डारी, सचिवमा ममताप्रसाद चौधरी र काषाध्यक्षमा रामप्रसाद भट्टराई रहेका छन् । त्यस्तै, नरबहादुर बमको प्यानलबाट उपाध्यक्षमा खड्क कठायत, सचिवमा खकेन्द्र धमाला र कोषााध्यक्षमा प्रदीप मल्ल रहेका छन् ।
    अध्यक्षका प्रत्यासिद्वय सिंह र बमले आ–आफ्नो पक्षमा सहमति हुने दाबि गरेका छन् । अध्यक्षका प्रत्यासी सिंहले औपचारीक रूपमा उम्मेद्वारी दर्ता नभएपनि आफू अध्यक्षको उम्मेद्वार भएको बताए । उनले आफ्नो पक्षमा सहमति जुटने बताए । अध्यक्षका अर्का प्रत्यासि बमले पनि आफ्नो पक्षमा सहमती हुने दाबी गरे । उनले सहमति नभए अन्तिम विकल्प निर्वाचन भएकोले त्यसका लागि आफू तयार रहेको बताए । शिक्षक संगठन कैलालीको अधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन हुने छ । कैलालीमा संगठनका दुई हजार पाँच सय ११ सदस्य रहेका छन् ।
    उद्घाटन कार्यक्रममा कैलालीका जिल्ला शिक्षक अधिकारी भिमबहादुर साउँद, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भुपालसिंह खडका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    जिल्ला अध्यक्ष कर्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तारा साउ“दले गरेका थिए ।
    यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १५ औ जिल्ला अधिवेशन शुक्रवारदेखि सदरमुकाम गोठालापानीमा शुुरु भएको छ ।
    अधिवेशनको संगठनका केन्द्रिय उपाध्यक्ष चन्द्रकला पन्त र नेकपा (एमाले) का पूर्व राज्यमन्त्री उर्वादत्त पन्तले सयुक्त रूपमा उद्घाटन गरे ।
    अधिवेशनमा शिक्षक सेवामा लागेका वयोवृद्ध तीन जना पूर्व शिक्षकहरू बीरेन्द्र उच्च माविका पूर्व प्राचार्य गणेश चन्द, विजयपूर उच्च माविका पूर्व शिक्षक कालु चन्द र डिलेश्वरी उच्च मावि हाटका पूर्व प्राचार्य देवसिह साउ“दलाई सम्मान गरिएको छ ।
    अधिवेशनकोे बन्द सत्र आज  (शनिवार) सञ्चालन हुने जनाइएको छ । अधिवेशनमा एक हजार बढी प्रतिनीधिहरूको सहभागिता रहेको संगठनले जनाएको छ ।

No comments:

Post a Comment