निमेन्द्र शाही/बाजुरा
फागुन, २५गते
विद्यालयमा छात्रा शौचालय बनेपछि पछिल्लो समय महिनावारी भएको समयमा पनि छात्रा तथा शिक्षिकाहरू विद्यालय जान थालेका छन् ।
महिनावारी हुँदा विद्यालयमा अन्य विद्यार्थी र शिक्षकलाई छुन नहुने तथा शौचालय जान समस्याले छात्राहरू विद्यालय नजाने समस्या न्यूनिकरण हुदै गएपछि छात्रा र शिक्षिकाको नियमित उपस्थिती बढे्को हो ।
महिनावारी भएका बेला विद्यालयमा छात्रा शौचालय तथा सरसफाई गर्ने ब्यवस्था भएपछि जिल्लाका विभिन्न विद्यालयका शिक्षिका र छात्राहरूको उपस्थिती नियमित बन्दै गएको छ ।
जिल्लाका ग्रामीण भेगका विद्यालयमा पूर्ण सरसफाइ कार्यक्रम अन्र्तगत प्याड फ्याक्ने ठाउँ सुरक्षित छात्रा शौचालय, पानीको व्यवस्था भएपछि छात्रा तथा शिक्षिकाहरू विना शंकुचित विद्यालय जाने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय र गिफ्ट बाजुराको सहयोगमा जिल्लाका अधिकांश विद्यालयमा शौचालयमा खानेपानी तथा प्याड वितरण गर्नुका साथै प्याड फाल्ने सुरक्षित शौचालय निर्माण गरिदिएपछि महिनावारी भएका शिक्षिका र छात्राहरूको विद्यालयमा नियमित उपस्थिति बढेको शिक्षक संघ बाजुराका पूर्व अध्यक्ष तथा रत्न उच्च माविका प्राचार्य रतन अएडीले बताए ।
महिनावारी (छाउपडी) र सुत्केरी महिला घरभित्र बसेमा देवता रिसाउने गाइगोरू मर्ने घरपरिवारले विभिन्न संकट व्यहोर्नुपर्ने, फलफूल र अन्य बोटविरुवा सुक्छ भन्ने कुप्रथा कतिपय ग्रामीण भेगमा अझै पनी रहेको छ ।
तर, विद्यालयमा यो प्रथा न्यूनिकरण हुँदै गएको महिला विकास अधिकृत लक्ष्मी ढकालले बताइन ।
महिनावारी भएका बेला किशोरी तथा महिलाले घर बाहिर बस्नु पर्ने र यस समयमा छात्रा तथा शिक्षिकाले विद्यालय जान हुँदैन् भन्ने भनाई हाम्रो समाजमा रहदै आएको छ ।
विद्यालयमा छात्रा शौचालय निर्माण थालिएपछि महिनावारी भएको बेला विद्यालय जाने छात्रा तथा शिक्षिकाको संख्या बढेको जिल्ला शिक्षा अधिकारी गोबिन्दप्रसाद पोखरेलले बताए ।
जिल्ला शिक्षा अधिकारी पोखरलेका अुनसार यो बर्ष जिल्लाका नेरा मावि बुढीगंगा, पार्वती मावि पैमा, त्रिशक्ति उच्च मावी बाह्रविस, मालिका उच्च मावि मार्तडी, सरस्वती विद्यालय, जुगाडा, वर्तादेवी प्रावि छतारा र थुमथला प्रावि धल्काँडामा छात्रा शौचालय निर्माण गरिने छ ।

No comments:
Post a Comment