अनुमोदन समाचार/बझाङ
फागुन, २५गते
साल्ट टेडिड्ड कार्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीले आयोडिन नूनको प्रयोग बढाउने उद्देश्यले बझाङका गृहणी महिलाहरू विच जनचेतना मुलक कार्यक्रम गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र साल्ट टे«डिड्डले बिहिवार सदरमुकाम चैनपुरमा आयोडिनको कमीवाट हुने विकृति निवारण सम्वन्धी अभिमुखी तथा जनचेतना कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा गृहणीहरूलाई आयोडिन यूक्त प्याकेटको नूनको महत्वबारे जानकारी दिइएको थियो।
अभिमुखीकरणमा जिल्लाका विषेश गरेर भान्सामा काम गर्ने महिला, आमा समूह तथा महिला स्वयंसेविकाहरूको उपस्थिती रहेको थियो ।साथै जिल्लाका महिलाहरुले अझैपनि आयोडिन नुनको महत्वबारे जानकारी नभएकाले यसवारे गाँउमा जनचेतना दिनु पर्ने उनले सुझाव दिए ।
साल्ट टे«डिड्ड कार्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीका विभागिय प्रवन्धक केशबप्रसाद पाण्डेले शरिरमा आयोडिन नूनको कमी भएमा शाररिक तथा बौद्धिक क्षमतामा कमी आउने साथै गर्भवती महिलामा यसको कमी भएमा जन्मने बालबालिका लाटो,लठेङ्ग्रोे, कमतौलको तथा सुष्तमनस्थितीको हुन सक्ने भएकाले यसको प्रयोग गर्नु पर्ने आग्रह गरका थिए । साथै आयोडिन नूनको महत्व र असरबारे स्वास्थ्य कार्यालयकी निशा जोशी र सह–प्राध्यापक कल्पना बस्नेत (राणा) ले कार्यपत्र प्रस्तुत गरका थिए ।
कार्यक्रममा क्षेत्रिय प्रशासक आत्मराम पाण्डेले आयोडिन नूनको पहु“च साथै जिल्लाको विकास निर्माण र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।
उनले जिल्लाका सबै कार्यालय प्रमुखहरुलाई जनताका काम छिटो छरितो गरिदिन निर्देशन समेत दिएका छन् । क्षेत्रिय प्रशासक पाण्डेले जिल्ला प्रशासन कार्यालयको नव निर्मित भवनको समेत उद्घाटन गरे ।भवन झन्डै दुई करोडको लगानीमा निर्माण गरिएको हो ।

No comments:
Post a Comment