फागुन, २६गते
सुदूरपश्चिमको पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले कैलालीको चिसापानीमा सुदूरपश्चिम स्वागतद्वारको सिलन्यास गरिएको छ ।
कैलाली उद्योग वाणिज्य संघको पहलमा स्वागतद्वार निर्माण गर्न लागिएको हो । स्वागत द्वारको शुक्रवार एक कार्यक्रमका बीच सेती अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक लव बिष्टले सिलन्यास गरे ।
कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा चिसापानीमा निर्माण हुन लागेको सुदूरपश्चिम स्वागतद्वारको सिलन्यास गर्दै सेती अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक लव बिष्ट ।
सेती अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक लव बिष्टले सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई प्रचारप्रसार गर्न गेटको महत्वपूर्ण भूमिका रहने बताउँदै, सडक विस्तार आवश्यक रहेकोमा जोड् दिए ।
कर्णाली पुलको ३५ मिटर अगाडि निर्माण हुन लागेको स्वागतद्वार ४० लाखको लगानीमा निर्माण हुने जनाइएको छ । एक वर्ष भित्र गेट निर्माण गर्ने लक्ष्य राखिएको सो गेट निर्माणका लागि १० लाख जम्मा भैसकेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
स्वागतद्वार सुदूरपश्चिमको पर्यटन विकासमा कोसेढुङ्गा साबित हुने गेट निर्माण समितिका संयोजक लालबहादुर बोगटीले बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण कुँवरको
अध्यक्षतामा निर्माण शुभारम्भ कार्यक्रम भएको हो । सुदूरपश्चिमको पर्यटन विकासमा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा सहभागिहरूले जोड दिएका थिए ।
सो गेटको तीन वर्ष पहिले उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष कुशकुमार जोशीले सिलान्यस गरेको भएपनि विभिन्न कारणले निर्माण हुन सकेको थिएन ।
No comments:
Post a Comment