Friday, March 8, 2013

काठ चिरान गरिरहेका चार पक्राउ

अनुमोदन समाचार/कञ्चनपुर
फागुन, २६गते
    शुक्लाफाँटा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा सालको काठ चिरान गरिरहेका चार जनालाई नेपाली सेना र आरक्ष कर्मचारीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको छ ।
    कञ्चनपुरको झलारी गाविस– २, कालापानी जुडामा सालको काठ चिरान गरिरहेका स्थानीय मदनराज जोशी, रामशरण चौधरी, वेश
चौधरी र मनिराम चौधरीलाई फक्राउ गरिएको आरक्षको अर्जुनी रेञ्ज पोष्टका रेञ्जर विनयकुमार झाले जानकारी दिए ।
    रेञ्जर झाका अनुसार पक्राउ परेका चार जनास“ग सोधपुछपछि शुक्रवार बिहान गाउँमा छापा हान्दा दुई सय क्यूफिट चिरान गरिएको काठ
बरामद भएको छ । आरक्षको मध्यवर्ती क्षेत्रमा पछिल्लो समयमा गस्तीलाई निरन्तरता दिएपछि यसरी लुकाईराखेका काठ बेलाबखत बरामद हुने गरेको रेञ्जर झाले बताए । यस वर्ष अहिलेसम्म सो क्षेत्रबाट पाँच सय ७६ क्यूफिट चिरान काठ बरामद भएको उनले बताए ।

No comments:

Post a Comment