अनुमोदन समाचार/बौनिया
फागुन, २४ गते
आफ्नो गाउँ आफै बनाउ भन्ने नाराका साथ कैलालीको सडकपुर बौनियाका स्थानीयले सडक मर्मत गरेका छन् ।
सडकपुर बौनियास्थित प्रगतिशिल टोलका ३६ घर परिवारले श्रमदान तथा नगद जम्मा गरेर डेढ किलोमीटर सडकक मर्मत गरेका हुन ।
३२ हजार नगद उठाई १५ दिनसम्म श्रमदान गरेर सडकपुर बौनियाबाट झगडपुर सेति लोकमार्ग जोडने सडक मर्मत गरिएको सडक निर्माण समितिका संयोजक दलबहादुर बुच्चाले बताए ।
मर्मत गरिएको सडकमा ग्रावेल हाल्नका लागि जिल्ला विकास समितिसँग माग गरिने संयोजक बुच्चाले बताए ।
यस्तै, सडक मर्मतका लागि सुगरखाल–७, सोल्टाका स्थानयले सडक निर्माण समिति गठन गरेका छन् । चिसापानीदेखि सोल्टा सम्मको २० किलोमिटर लामो सडक मर्मतका लागि जगबहादुर थापाको अध्यक्षतामा सडक निर्माण समिति गठन गरिएको हो ।
समितिको कोषाध्यक्षमा गगादेबी बिष्ट तथा सदस्यहरूमा कृष्णा बिष्ट, नरबहादुर भण्डारी, दयाराम भण्डारी, डम्मर बडुवाल र सदस्य सचिव बिर्ख भुल रहेका छन् ।
गाविस सचिव तेजबहादुर शाहको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ ।
No comments:
Post a Comment