लीलाराज खत्री/बौनिया
फागुन, २४ गते
नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीको आसन्न चुनावी अधिवेशनका लागि शिक्षक उम्मेद्वारहरू चुनावी प्रचारमा लागेका छन् ।
फागुन २५ र २६ गते धनगढीमा आयोजना हुने ११ औ अधिबेशनको प्रचारका लागि उम्मेद्वारहरू घरदैलो अभियानमा लागेका छन् ।
नयाँ कार्य समितिका लागि प्यानल बनाएर चुनावी प्रचारमा लागेका छन् ।
अध्यक्ष पदका प्रत्यासी बर्तमान सचिव तिलक सिंह र उपाध्यक्ष नरबहादुर बमको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
तिलक सिहको प्यानलबाट उपाध्यक्षमा हर्क भण्डारी, सचिवमा ममताप्रसाद चौधरी र कोषाध्यक्षमा रामप्रसाद भटट्राई रहेका छन् । त्यस्तै, नरबहादुर बमको प्यानलबाट उपाध्यक्षमा खड्क कठायत, सचिवमा खकेन्द्र धमाला र कोषाध्यक्षमा प्रदीप मल्ल रहेका छन् । कैलालीमा संगठनका करिव तीन हजार सदस्य रहेका छन् ।
No comments:
Post a Comment