Friday, March 8, 2013

सुप विश्वविद्यालयको कामकाज ठप्प

अनुमोदन समाचार/धनगढी
फागुन, २६गते
    त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका क्याम्पस समायोजन गर्न नमान्दा सूदूरपश्चिम विश्वविद्यालयको कामकाज ठप्प भएको छ ।
    त्रिभुवनले आफ्नो स्वामित्वमा रहेको महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न नमानेपछि विश्वविद्यालयको पठनपाठन प्रभावित बनेको विश्वविद्यालयले
जनाएको छ । विश्वविद्यालयका उपकुलति डा. जयराज अवस्थीले त्रिविले ऐनमा स्पष्ट भैसकेको कुरा नमान्दा समस्या उत्पन्न भएको बताए ।
    ऐनमा सुदूरपश्चिम विश्वविद्यालय बनाउँदा सिद्धनाथ बहुमुखी र सिद्धनाथ विज्ञान क्याम्पसलाई समायोजन गर्ने कुरा उल्लेख भए पनि त्रिबिका कारण हालसम्म पनि ऐन कार्यान्वयनमा नआएको अवस्थीको भनाई छ ।
     बजेट अभावका कारण अन्य कर्मचारीहरूको नियुक्तिसमेत रोकिएको विश्वविद्यालयले जनाएको छ । हाल सुदूरपश्चिम विश्वविद्यालयले बिए, बिएड, बिबिएस र बिबिएका कक्षा सञ्चालन गरिसकेको छ ।

No comments:

Post a Comment