अनुमोदन समाचार/धनगढी
फागुन, २४ गते
अपाङ्गता भएका व्यक्तिहरुका लागि बुधवारदेखि धनगढीमा बोसिया खेल प्रशिक्षक प्रशिक्षण, खेलाडी प्रशिक्षण तथा खेल प्रतियोगिता शुरु भएको छ ।
‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ ।
जाइका नेपाल ललितपुर, रोटरी क्लव अफ जावालाखेलको सहयोग तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजनामा कार्यक्रम शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन पञ्चोदय उच्च माविका पूर्व प्राचार्य यादवप्रसाद जोशीले गरे । उनले अपाङ्गता भएका व्यक्तिहरु पनि शारीरिक तथा मानसिक रुपमा खेद तर्फ आकर्षण गर्न यस्ता प्रतियोगिताले सहयोग गर्ने बताए ।
देशका पाँच विकास क्षेत्रमा आयोजना हुने कार्यक्रम यहाँ समेत शुरु भएको प्रशिक्षक प्रतिमा गुरुङले बताइन । कार्यक्रममा कैलाली, कञ्चनपुर र डोटी जिल्लाका प्रशिक्षक प्रशिक्षण र खेलाडीहरुको सहभागिता रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बुधबार पहिलो चरणका प्रतियोगिता भएका छन् । प्रतियोगितामा २० खेलाडी प्रशिक्षक र १० प्रशिक्षक रहेका छन् ।
बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रिय विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्ल, सुदूरपश्चिमाञ्चल खेलकुद निर्देशक रामेश्वरप्रसाद श्रेष्ठ, खेलकुद विकास जिल्ला समितिका कार्यालय प्रमुख लक्ष्मण योगिको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment