Saturday, March 9, 2013

भूमिहिनद्वारा परिचयपत्र माग

अनुमोदन समाचार/चौमाला
फागुन, २७ गते 


 भूमिहिनहरूले आफूहरूलाई राज्यले भूमिहिनको परिचयपत्र दिनुपर्ने बताएका छन् ।
    शनिवार चौमाला–७, राजीपुरमा शुरु भएको राष्ट्रिय भुमि अधिकार मञ्चको तेस्रो जिल्ला सम्मेलनमा बोल्ने भूमिहिन (मुक्त कमैया, सुकुम्वासी, बाढीपीडित) हरूले सो माग राखेका हुन ।
    सरकारले भूमिहिनका मागलाई सम्वोधन गर्न छ वटा सुकुम्वासी आयोग बनाएपनि आफूहरूले परिचय पत्र समेत नपाएको उनीहरूको गुनासो छ ।
    टीकापुर एकता नगर मुक्त कमैया शिविरकी कोपिला सार्कीले राज्यले वास्तविक भूमिहिनको पहिचान गरेर परिचयपत्र बितरण गर्नुपर्ने बताइन । आफू २०६२ सालदेखि सो शिविरमा बस्दै आएको बताउँदै सार्कीले केहि राजनीतिक दलले भोटका लागि आफूहरूलाई जंगलमा बसाएको तर, अहिलेसम्म समस्या समाधान नभएको बताइन । उनले कुनै पनि राजनीतिक दल भूमिहिनका समस्या प्रति सकारात्मक नभएको बताइन ।
    खैलाडका पद्म राजीले राजनीतिकदलहरुले आफूहरुलाई चुनावका भोटर मात्र वनाएको बताए । उनले भोटका लागि आफूहरूकोे बस्तीमा आउने तर, अघिपछि समयमा हेर्ने पनि नआउने गरेको बताए ।
    गेटाकी तारा बिकले दलहरु घर दैलोमा आएर समय समयमा सुकुम्बासीहरुलाई परिचय पत्र दिन्छु भन्ने तर सुकुम्बासीका नाममा गैर भूमिहिनहरुलाई परिचय पत्र वितरण गर्ने खोजेको बताइन ।
राज्यले दलहरुले भूमिहिनहरुलाई जग्गा दिन्छु, भन्दै उक्साएर ढाँट्ने काम गरेको उनको आक्रोश थियो ।
    धनगढीका पूर्ण नेपालीले भूमिहिनहरूले कुनै दल संगठनको झण्डा समात्ने भन्दा पनि आफ्नो संगठनप्रति प्रतिबद्ध भएमा राम्रो हुने बताए । भूमिहिनहरुका बाबालिकाहरु ठाउँठाउँमा सर्नुपर्ने बाध्यता भएकाले कतिपय पढाईबाट समेत बञ्चित भएको नेपालीको भनाइ रहेको छ ।
    सम्मेलन उद्घाटन पूर्व चौमाला बजारबाट शुरु भएको प्ले कार्ड सहितको ¥याली चौमाला गाविस वडा नम्वर ७ स्थित राजीपुर शिविरमा पुगेको थियो ।     सम्मेलनको एक समारोहका बीच राजनितिक पार्टीका प्रतिनिधिहरुले गरेका थिए  ।
उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य भुन्टेरानाले भूमिहिनका समस्या प्रति राज्य गम्भिर नभएको आरोप लगाए ।
    उनले सरकारले वास्तवित भूमिहिनलाई  जमिन वितरण नगरेर हुकुमबासीलाई बितरण गरेको आरोप लगाए ।
भूमि अधिकार मञ्चका जिल्ला संयोजक जवालसिंह तिरुवाले मञ्चले हालसम्म गरेका उपलव्धीका बारेमा जानकारी गराएका थिए ।
     मञ्चका सहजकर्ता प्रेम विकले स्वागत गरेको कार्यक्रममा नेपाली काँगे्रसका टेकबहादुर रैका, नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष हनुमान चौधरी, सद्भावना आनन्ददेवीका रामदेव शर्मा,राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लक्षीराम आचार्य लगायतले मन्तव्य राखेका थिए । मञ्चका जिल्ला अध्यक्ष जनार्दन प्रसाद चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न सा“स्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
    अधिवेशनको बन्द सत्रले आज(आइतवार) १५ सदस्यीय नयाँ कार्य समिति समेत चयन गर्ने भूमिअधिकार मञ्च कैलालीले जनाएको छ । निर्विरोध चयन नभएमा ८२ जनाले भोट खसाल्ने जनाइएको छ ।

४४ हजार भूमिहिन 
कैलालीमा अझै ४४ हजार एक सय ६३ जना भूमिहीन रहेको भूमि अधिकार मञ्च कैलालीले जनाएको छ ।
    जसमध्ये कैलालीको मुनुवा गाविसका पाँच सय ७५ जनालाई सुकुम्वासीलाई राज्यले परिचयपत्र वितरण गरिसकेको जनाएको छ ।

मञ्चका अनुसार जिल्लाको चौमाला,मसुरिया, भजनी,खैलाड, पहलमानपुर लगायतका गाविसमा बाढीपीडित, हलिया, मुक्तकमैया, सुकम्वासी बढी रहेका छन् । जिल्लाको पहाडी गाविस सहजपुर, खैराला, पण्डौन लगायतका गाविसमा सुकम्वासीको संख्या कम रहेको मञ्चले जनाएको छ ।
    कैलाली कञ्चनपुरमा परिचयपत्र नपाएका बाँकी सुकम्वासीलाई चैतसम्म सुकम्वासी आयोगले परियपत्र वितरण गर्ने जनाएको छ । कञ्चनपुरमा भने अझै २२ हजार भूमिहीन सुकम्वासी रहेका छन् ।


केन्द्राध्यक्ष नियूक्ति प्रति ध्यानाकर्षण

अनुमोदन समाचार/धनगढी
फागुन, २७ गते
कैलालीका शिक्षक संगठनहरुले चैत १ गतेदेखि सञ्चालन हुने प्रवेशिका एसएलसी परीक्षामा केन्द्राध्यक्ष नियूक्तिमा पक्षपात भएको र परीक्षा केन्द्र सारिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
         विभिन्न ११ वटा संगठनले शनिवार सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार र जिल्ला शिक्षा कार्यालय कैलालीले केन्द्राध्यक्ष नियूक्तिमा विभेद गरेको भन्दै विरोध जनाएका छन् ।
    अस्थायी, निजी , राहत र पिसिएफ शिक्षकले पढाउनु मिल्ने र प्रधानाध्यापक हुनु पाउने तर केन्द्राध्यक्ष हुन नपाउने परीक्षा निर्देशिका न्यायपूर्ण नभएको भन्दै निर्देशिकाको समेत विरोध गरेका छन् ।
साथै, स्टेपिड्ड स्टोनमा रहेको परीक्षा केन्द सुदूरपश्चिम आवासीय माविमा सारिएको र शारदा उच्च मावि वैयावेहेडीको परीक्षा केन्द्रमा रहेका स्टेपिड्ड स्टोनमा विद्यार्थीहरुलाई मात्रै सुदूरपश्चिम आवासीय माविमा सारिएको प्रति आपत्ती जनाएका छन ।
    उनीहरूले यो वर्षको प्रवेशिका परीक्षा स्वच्छ मर्यादीत हुनेमा समेत आशंका गरेका छन ।


बैतडीमा आयोडिन नूनको डिपो सञ्चालन हुने

अनुमोदन समाचार/बैतडी
फागुन, २७ गते 
बैतडी जिल्लामा पहिलो पटक आयोडिन युक्त नूनको बिक्रि डिपो सञ्चालनमा आउने भएको छ ।
    जिल्लाको पाटन बजारमा आयोडिन युक्त नून बिक्रि बितरणका लागि डिपो सञ्चालन हुने भएको हो । शिबशक्ति बिउ प्रवद्र्धन सहकारी संस्था पाटन र स्थानीय राजनीतिक दलहरुको सक्रियतामा डिपो सञ्चालनका लागि पहल शुरु भएको हो ।

           सुदूरपश्चिम क्षेत्रीय प्रशासक आत्मराम पाण्डेयको निर्देशनमा साल्डट्रेडिङ कार्यालय धनगढीका बिभागीय प्रबन्धक केशबराज पाण्डेय सहितको टोलीले शनिवार डिपो सञ्चालनका लागि बैतडीका बिभिन्न स्थानको स्थलगत अनुगमन गरेको शिबशक्ति बिउ प्रबद्धन सहकारी संस्था पाटनका अध्यक्ष राजेश पन्तले जानकारी दिए ।

              स्थलगत अनुगमन टोलीमा पोषणबिज्ञ कल्पना बस्नेत, कैलालीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलीया, पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाह लगायत स्थानीय रानीतिक दलका प्रमुख तथा प्रतिनिधि रहेका थिए ।
    जिल्लाका बिभिन्न स्थानमा अनुगमन गरेपछि डिपो सञ्चालनका लागि उपयुुक्त स्थल पाटनमा बजारमा रहेको भन्दै अनुगमन टोलीले क्षेत्रीय साल्ट टे«डिङ कार्यालय धनगढीलाई शनिवारनै प्रतिबेदन पठाइएको छ । डिपो सञ्चालन हुने भएपछि स्थानीयहरु हर्षित भएका छन् ।

शिक्षक संगठनमा बम

अनुमोदन समाचार/धनगढी
फागुन, २७ गते
नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीको ११ औं अधिवेशन नरबहादुर बमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ ।
    संगठनको उपाध्यक्षमा तारा साउँद, ममताप्रसाद चौधरी, सचिवमा तिलक सिंह, सहचिवमा शान्ति नेपाली, कोषाध्यक्षमा प्रदीप मल्ल र सहकोषाध्यक्षमा अनकला शर्मा चयन भएका छन् । शुक्रवारदेखि शुरु भएको अधिवेशनले शनिवार नयाँ कार्य समिति चयन गरेको हो । साथै, अधिवेनशले ईलाका स्तरीय प्रतिनीधि समेत चयन गरेको छ ।
    इलाका नम्वर १ मा चक्र तिमिल्सिना,२ मा खकेन्द्रप्रसाद देवकोटा, ३ मा प्रभुनाथ जैशी, ६ मा बक्तबहादुर शाही, ७ मा रामकुमार चौधरी,८ मा प्रेमबहादुर बुढा, ९ मा गंगाबहादुर शाह, १० मा दुर्गादत्त भुषाल, ११ मा कृष्णबहादुर नेपाली, १२मा अर्जुन बोहरा र १३ मा नन्दराज जोशी चयन भएका छन् ।संस्थागत तर्फ प्रतिनिधि जनक विष्ट,टेकराज जोशी, डम्मरनारायण खनाल तथा महिला हलबाट छनौट भएका प्रतिनिधिमा यसोदा जोशी, चन्द्रीका जोशी रहेका छन् ।
    इलाका नम्वर ४ र ५ को प्रतिनीधि  र  केन्द्रीय प्रतिनिधी आज ( आइतवार ) चयन गर्ने निर्वाचन मण्डलका अध्यक्ष कलम खडकाले जानकारी दिए ।



डुबेर शिक्षकको मृत्यु

अनुमोदन समाचार/धनगढी
फागुन, २७ गते
मोहना नदीमा डुवेर धनगढीमा शनिवार एक शिक्षकको मृत्यु भएको छ ।
        प्रहरीका अनुसार सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय (एसपीए) धनगढीका शिक्षक २९ बर्षीय बिरेन्द्र बिष्टको नदीमा डुबेर मृत्यु भएको हो । मृतक विष्टको स्थायी ठेगाना कञ्चनपुरको भुजेला हो ।
     एसपीए क्याम्पस र धनगढी क्रिकेट एकेडेमीद्वारा मोहना नदी छेउको मैदानमा शनिवारदेखि क्रिकेट प्रतियोगिता शुरु भएकोमा क्रिकेट खेल सकिएपछि नदीमा नुहाउन गएका विष्टको पौडी खेल्नेक्रममा डुबर घाईते भएपछि सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको हो ।

नेविसंघको अनसन स्थगित

अनुमोदन समाचार/धनगढी
फागुन, २७ गते
तोकिएकै मितिमा जिल्ला अधिवेशनको माग गर्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति कैलालीले नेपाली काँग्रेस पार्टी कार्यालयमा थालेको रिले अनसन स्थगित गरिएको छ ।
    नेपाली काँग्रेसले हस्तक्षप गरेर अधिवेशनको मिति सारेको भन्दै फागुन २३ गतेदेखि थालिएको रिले अनसन शनिवारबाट स्थगित गरिएको  नेविसंघका जिल्ला सचिव तपेन्द्र भुषालले बताए ।
    उनका अनुसार नेपाली काँग्रेसले नेविसंघका मागको सम्वोधन गर्ने लिखित सहमति जनाएपछि  अनसन स्थगित गरिएको हो ।
नेविसंघ जिल्ला अधिवेशन चैत १२ र १३ गते गर्ने निर्णय गरिएको सचिव भुषालले बताए ।

अवैध मदिरा बरामद

अनुमोदन समाचार/धनगढी
फागुन, २७ गते
कञ्चनपुरमा जारी सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा भित्रयाउँदै गरेको ८० लिटर अबैध घरेलु मदिरा बरामद गरिएको छ ।
     महिला अधिकारकर्मी, नागरिक समाज र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले थारू  स्टलमा लग्दै गरेको अवस्थामा बरामद गरेको हो ।
    बरामद गरिएको घरेलु मदिरा जिल्ला प्रहरी कार्यालयको जिम्मा राखिएको छ यसअघि थारू गाउँमा अबैध तरिकाले मदिरा बेचविखन भएको भन्दै नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीले आपत्ती जनाएका थिए ।





Friday, March 8, 2013

शिक्षक संगठनको अधिवेशन शुरु, सिंह र बम प्यानल चुनावी मैदानमा

अनुमोदन समाचार/धनगढी
फागुन, २६गते
    नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीको ११ औं अधिवेशन शुक्रवारदेखि शुरु भएको छ ।
    नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तिलक कुँवरले अधिवेशनको उद्घाटन  गरे ।
अधिवेशनको उद्घाटन गर्दै कन्द्रिय  सदस्य कुँवरले संगठनमा एकताको आवश्यकता रहेको बताए । उनले सहमतिबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।
    अधिवेशनको बन्द सत्र आज  (शनिवार) शुरु हुने शिक्षक संगठनले जनाएको छ । अधिवेशनमा औपचारीक रूपमा उम्मेद्वारी दर्ता नभएपनि दुई प्यानल मैदानमा उत्रिएका छन् ।
    अध्यक्ष पदका प्रत्यासी वर्तमान सचिव तिलक सिंह र उपाध्यक्ष नरबहादुर बमको प्यानल चुनावी मैदानमा उत्रिएको हो ।
    तिलक सिंहको प्यानलबाट उपाध्यक्षमाा  हर्क भण्डारी, सचिवमा ममताप्रसाद चौधरी र काषाध्यक्षमा रामप्रसाद भट्टराई रहेका छन् । त्यस्तै, नरबहादुर बमको प्यानलबाट उपाध्यक्षमा खड्क कठायत, सचिवमा खकेन्द्र धमाला र कोषााध्यक्षमा प्रदीप मल्ल रहेका छन् ।
    अध्यक्षका प्रत्यासिद्वय सिंह र बमले आ–आफ्नो पक्षमा सहमति हुने दाबि गरेका छन् । अध्यक्षका प्रत्यासी सिंहले औपचारीक रूपमा उम्मेद्वारी दर्ता नभएपनि आफू अध्यक्षको उम्मेद्वार भएको बताए । उनले आफ्नो पक्षमा सहमति जुटने बताए । अध्यक्षका अर्का प्रत्यासि बमले पनि आफ्नो पक्षमा सहमती हुने दाबी गरे । उनले सहमति नभए अन्तिम विकल्प निर्वाचन भएकोले त्यसका लागि आफू तयार रहेको बताए । शिक्षक संगठन कैलालीको अधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन हुने छ । कैलालीमा संगठनका दुई हजार पाँच सय ११ सदस्य रहेका छन् ।
    उद्घाटन कार्यक्रममा कैलालीका जिल्ला शिक्षक अधिकारी भिमबहादुर साउँद, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भुपालसिंह खडका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    जिल्ला अध्यक्ष कर्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तारा साउ“दले गरेका थिए ।
    यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १५ औ जिल्ला अधिवेशन शुक्रवारदेखि सदरमुकाम गोठालापानीमा शुुरु भएको छ ।
    अधिवेशनको संगठनका केन्द्रिय उपाध्यक्ष चन्द्रकला पन्त र नेकपा (एमाले) का पूर्व राज्यमन्त्री उर्वादत्त पन्तले सयुक्त रूपमा उद्घाटन गरे ।
    अधिवेशनमा शिक्षक सेवामा लागेका वयोवृद्ध तीन जना पूर्व शिक्षकहरू बीरेन्द्र उच्च माविका पूर्व प्राचार्य गणेश चन्द, विजयपूर उच्च माविका पूर्व शिक्षक कालु चन्द र डिलेश्वरी उच्च मावि हाटका पूर्व प्राचार्य देवसिह साउ“दलाई सम्मान गरिएको छ ।
    अधिवेशनकोे बन्द सत्र आज  (शनिवार) सञ्चालन हुने जनाइएको छ । अधिवेशनमा एक हजार बढी प्रतिनीधिहरूको सहभागिता रहेको संगठनले जनाएको छ ।

विश्व नारी दिवस मनाइयो

अनुमोदन समाचार/धनगढी
फागुन, २६गते
 महिला हिंसा अन्त्य गरौं, कुरा होइन, काम गरौं भन्ने नाराका साथ शुक्रवार देशभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । दिवसका अवसरमा कैलालीका विभिन्न ठाउँमा विविध कार्यक्रम गरिएको छ ।
    महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्था, राजनीतिक दलसम्बद्ध महिला संगठन, राष्ट्रिय महिला आयोगलगायतले छुट्टाछुट्टै कार्यक्रम गरेर दिवस मनाए । दिवसका अवसरमा अखिल नेपाल महिला संघले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
    संघकी नगर अध्यक्ष रुकमणी देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले )का कार्यवाहक जिल्ला अध्यक्ष हुनुमान चौधरी, अखिल नेपाल महिला संघकी अञ्चल संयोजक पार्वति चौधरी, कलावति जोशी, शन्तोषी शर्मा, मिना विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    उनीहरूले महिलाहरू राज्यको हरेक सेवा सुविधाबाट पछाडि परेको बताएका छन् । हालसम्म हिंसा पीडित महिलाले कानुनी उपचार नपाएकाले महिला हिंसामा बृद्धि हुँुदै गएको महिला अधिकारर्कीहरूको भनाइ छ । मुलुकमा महिला हिंसाका घटनामा बृद्धि भए पनि त्यसलाई रोक्न उदासिन भएको आरोप लगाएका थिए । छाउपडी प्रथा, जारी प्रथा बालविवाह, लगायतका कुप्रथाका कारणले पनि महिला हिंसामा बृद्धि भैरहेको उनीहरूले बताएका छन् । दिवसका अवसरमा टीकापुरमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो । दिगो विकास महिला सञ्जाल, सञ्चारिका समूह र हुराड्सले संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
    महिला सञ्जाल टीकापुरकी अध्यक्ष चन्द्रावती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कमला केसी, ललिता शाही, पवनदेवी तिमिल्सिना, सीता भट्टराई, दुर्गा देवकोटा, मोतीराम भण्डारी, रामबहादुर सोडारी बालेका थिए । दिवसका अवसरमा असल कृषक आमा समूह टीकापुर–८, सीतापुरको आयोजना तथा असल छिमेकी  नेपालको सहयोगमा घर शान्ति नै विश्व शान्तिको आधार हो दमनको प्रतिकार गरी महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ जनचेतनामुलक नाटक भएको हो ।
    प्रतियोगितामा मखमली र प्रगति आमा समूह प्रथम, चमेली आमा समूह द्वितिय र गुराश आमा समूह तृतिय भएका छन् ।
    प्रतियोगितामा पाँचवटा समूह सहभागी भएका थिए । टीकापुर नगरपालिकाकी कार्यकारी अधिकृत रञ्जु आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन नमुना खड्काले  गरेकी थिइन । यस्तै चेतनशील महिला सहकारी संस्था, सिएसएसडी नागरिक सचेतना केन्द्र बैजपुर र समाज विकासका लागि सचेत समाज धनगढीको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । साथै, बैजपुरकी आपड्ड महिला भगपति चौधरीलाई सम्मान गरेको छ । दिवसकै अवसरमा चेतना महिला रक्षक संजाल भजनी र मुक्त कमैया जागरण समाजको आयोजनामा भजनिमा ¥यालीसहित कोण सभाको आयोजना गरिएको थियो ।
    अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरूले समान कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संर्घ सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरूले सन् १९१० देखि मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरू २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।

सुदूरपश्चिम स्वागतद्वारको सिलन्यास

गगन कठायत/चिसापानी
फागुन, २६गते

   सुदूरपश्चिमको पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले कैलालीको चिसापानीमा सुदूरपश्चिम स्वागतद्वारको सिलन्यास गरिएको छ ।

   कैलाली उद्योग वाणिज्य संघको पहलमा स्वागतद्वार निर्माण गर्न लागिएको हो । स्वागत द्वारको शुक्रवार एक कार्यक्रमका बीच सेती अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक लव बिष्टले सिलन्यास गरे ।
कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा  चिसापानीमा निर्माण हुन लागेको सुदूरपश्चिम स्वागतद्वारको सिलन्यास गर्दै सेती अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक लव बिष्ट ।

   सेती अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक लव बिष्टले सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई प्रचारप्रसार गर्न गेटको महत्वपूर्ण भूमिका रहने बताउँदै, सडक विस्तार आवश्यक रहेकोमा जोड् दिए ।

   कर्णाली पुलको ३५ मिटर अगाडि निर्माण हुन लागेको स्वागतद्वार ४० लाखको लगानीमा निर्माण हुने जनाइएको छ । एक वर्ष भित्र गेट निर्माण गर्ने  लक्ष्य राखिएको सो गेट निर्माणका लागि १० लाख जम्मा भैसकेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

   स्वागतद्वार सुदूरपश्चिमको पर्यटन विकासमा कोसेढुङ्गा साबित हुने गेट निर्माण समितिका संयोजक लालबहादुर बोगटीले बताए ।

   कैलाली उद्योग वाणिज्य  संघका अध्यक्ष कर्ण कुँवरको
अध्यक्षतामा निर्माण शुभारम्भ कार्यक्रम भएको हो । सुदूरपश्चिमको पर्यटन विकासमा सबैले हातेमालो गरेर  अगाडि बढ्नु पर्नेमा सहभागिहरूले जोड दिएका थिए ।

     सो गेटको तीन वर्ष पहिले उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष कुशकुमार जोशीले सिलान्यस गरेको भएपनि विभिन्न कारणले निर्माण हुन सकेको थिएन ।


सुप विश्वविद्यालयको कामकाज ठप्प

अनुमोदन समाचार/धनगढी
फागुन, २६गते
    त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका क्याम्पस समायोजन गर्न नमान्दा सूदूरपश्चिम विश्वविद्यालयको कामकाज ठप्प भएको छ ।
    त्रिभुवनले आफ्नो स्वामित्वमा रहेको महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न नमानेपछि विश्वविद्यालयको पठनपाठन प्रभावित बनेको विश्वविद्यालयले
जनाएको छ । विश्वविद्यालयका उपकुलति डा. जयराज अवस्थीले त्रिविले ऐनमा स्पष्ट भैसकेको कुरा नमान्दा समस्या उत्पन्न भएको बताए ।
    ऐनमा सुदूरपश्चिम विश्वविद्यालय बनाउँदा सिद्धनाथ बहुमुखी र सिद्धनाथ विज्ञान क्याम्पसलाई समायोजन गर्ने कुरा उल्लेख भए पनि त्रिबिका कारण हालसम्म पनि ऐन कार्यान्वयनमा नआएको अवस्थीको भनाई छ ।
     बजेट अभावका कारण अन्य कर्मचारीहरूको नियुक्तिसमेत रोकिएको विश्वविद्यालयले जनाएको छ । हाल सुदूरपश्चिम विश्वविद्यालयले बिए, बिएड, बिबिएस र बिबिएका कक्षा सञ्चालन गरिसकेको छ ।

काठ चिरान गरिरहेका चार पक्राउ

अनुमोदन समाचार/कञ्चनपुर
फागुन, २६गते
    शुक्लाफाँटा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा सालको काठ चिरान गरिरहेका चार जनालाई नेपाली सेना र आरक्ष कर्मचारीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको छ ।
    कञ्चनपुरको झलारी गाविस– २, कालापानी जुडामा सालको काठ चिरान गरिरहेका स्थानीय मदनराज जोशी, रामशरण चौधरी, वेश
चौधरी र मनिराम चौधरीलाई फक्राउ गरिएको आरक्षको अर्जुनी रेञ्ज पोष्टका रेञ्जर विनयकुमार झाले जानकारी दिए ।
    रेञ्जर झाका अनुसार पक्राउ परेका चार जनास“ग सोधपुछपछि शुक्रवार बिहान गाउँमा छापा हान्दा दुई सय क्यूफिट चिरान गरिएको काठ
बरामद भएको छ । आरक्षको मध्यवर्ती क्षेत्रमा पछिल्लो समयमा गस्तीलाई निरन्तरता दिएपछि यसरी लुकाईराखेका काठ बेलाबखत बरामद हुने गरेको रेञ्जर झाले बताए । यस वर्ष अहिलेसम्म सो क्षेत्रबाट पाँच सय ७६ क्यूफिट चिरान काठ बरामद भएको उनले बताए ।

Thursday, March 7, 2013





शैक्षिक सुदृढीकरणका लागि सहकार्यको खाँचो

अनुमोदन समाचार/धनगढी
फागुन, २५गते
सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुदृढीकरणका सरोकारवालाहरूसँग  सहकार्यको खाँचो रहेको एक कार्यक्रमका सहभागिहरूले बताएका छन् ।
फाया नेपालको आयोजनामा बिहीवार धनगढीमा भएको सार्वजनिक विद्यालयको वातावरण सुदृढीकरणका लागि राजनीतिक सहमति एवं प्रतिवद्धता विषयक कार्यशालाका सहभागिहरूले सो कुरा बताएका हुन ।
उनीहरूले विद्यालय शान्ति क्षेत्र कार्यनिर्देशिका कार्यान्वयन हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्व शिक्षा राज्य मन्त्री मोहनसिंह राठौरले व्यवसायी र रोजगारी मुलक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।
उनले शिक्षा क्षेत्रमा राजयले लगानी गर्न नसकेकोले आमुल परिवर्तन हुन नसकेको बताए । देशमा दुई किसिमको शिक्षा नीति भएकाले शिक्षामा गुणस्तर हुन नसकेको बताउँदै नेता राठोरले एक शिक्षा नीतिको आवश्यकता रहेको औल्याए ।
नेपाली काँग्रेस कैलालीका पूर्व सभापति गोविन्दराज जोशीले शिक्षालाई दलिय भागवण्डाका कारण पनि शिक्षा क्षेत्र प्रभावित बन्दै गएको बताए । उनले शिक्षा क्षेत्रमा राजनीतिक तछाड–मछाड भएकोले विद्यार्थीहरूले गुणस्तरीय शिक्षाहासिल गर्न नसकेको बताए ।
उनले राजनितिक पार्टी लगायत सरोकारवाला सबैले गुणस्तरीय शिक्षाको सुदृढीकरण तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए ।
नेकपा (एमाले) का सेति अञ्चल सचिब महेश्वर पाठकले विद्यँलयमा बन्दको संस्कृति मौलाएको बताए । शिक्षामा पेशागत दायित्व आवश्यक रहेको पाठकको ठहर छ ।
कार्यक्रममा नेकपा (एमाले) का कार्यवाहक जिल्ला अध्यक्ष हनुमान चौधरी, नेकपा– माओवादीका जिल्ला सह–ईञ्चार्ज विरभान चौधरी,नेपाल शिक्षक संघका जिल्ला कोषाध्यक्ष पद्मराज जोशी, रामदास चौधरी, विमल धामी लगायतले विचार व्यक्त गरेका थिए । उनीहरूले विद्यँलयको अनुगमन तथा मुल्यांकन आवश्यक रहेको बताएका थिए ।

फाया नेपालका अध्यक्ष धनपति ढुंगेलले विद्यालयलाई बन्द देखि टाढा राख्नु पर्नेमा जोड दिएका थिए । विद्यालय शान्ति क्षेत्र भएकाले यसलाई बन्द नगर्ने भनेर राजनीतिक दलहरू बीच प्रतिवद्धता आवश्यक रहेको औल्याएका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा परियोजनाका संयोजक सचितानन्द जोशीले विद्यँलय ब्यवस्थापन समिति गठन गर्नुदेखि शिक्षक सरूवामा राजनीकिरण हुने गरेको बताएका थिए ।उनले शिक्षामा गुणस्तरियता ल्याउनका लागि राजनीतिक दलहरू बीच सहकार्यको खा“चो रहेको औल्याएका थिए । गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत सञ्चालित सो कार्यक्रमबाट जिल्लाका दक्षिण पूर्वि क्षेत्रका सामुदायिक विद्यालयमा बाल मैत्री शिक्षण विधि लागू भएको छ ।
जिल्लाको दक्षिणपूर्वी गाविसका ७५ सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू भएको छ ।  सो  क्षेत्रका १० गाविस र टीकापुर नगरपालिकाका ७५ विद्यालयमा गुणस्तरीय शिक्ष्ाँअन्र्तगत बालकेन्द्रीत सिकाई प्रणाली लागू
भएको परियोजनाका संयोजक जोशीले जानकारी दिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, शिक्षक संगठन, विद्यार्थी संगठन तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।







छात्रा शौचालय बनेपछि छात्राको उपस्थिति बढ्दै

निमेन्द्र शाही/बाजुरा
फागुन, २५गते
विद्यालयमा छात्रा शौचालय बनेपछि पछिल्लो समय महिनावारी भएको समयमा पनि छात्रा तथा शिक्षिकाहरू विद्यालय जान थालेका छन् ।
    महिनावारी हुँदा विद्यालयमा अन्य विद्यार्थी र शिक्षकलाई छुन नहुने तथा  शौचालय जान समस्याले छात्राहरू विद्यालय नजाने समस्या न्यूनिकरण हुदै गएपछि छात्रा र शिक्षिकाको नियमित उपस्थिती बढे्को हो ।
महिनावारी भएका बेला विद्यालयमा छात्रा शौचालय तथा सरसफाई गर्ने ब्यवस्था भएपछि जिल्लाका विभिन्न विद्यालयका शिक्षिका र छात्राहरूको उपस्थिती नियमित बन्दै गएको छ ।
          जिल्लाका ग्रामीण भेगका विद्यालयमा पूर्ण सरसफाइ कार्यक्रम अन्र्तगत प्याड फ्याक्ने ठाउँ सुरक्षित छात्रा शौचालय, पानीको व्यवस्था भएपछि छात्रा तथा शिक्षिकाहरू विना शंकुचित विद्यालय जाने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय र गिफ्ट बाजुराको सहयोगमा जिल्लाका अधिकांश विद्यालयमा शौचालयमा खानेपानी तथा प्याड वितरण गर्नुका साथै प्याड फाल्ने सुरक्षित शौचालय निर्माण गरिदिएपछि महिनावारी भएका शिक्षिका र छात्राहरूको विद्यालयमा नियमित उपस्थिति बढेको शिक्षक संघ बाजुराका पूर्व अध्यक्ष तथा रत्न उच्च माविका प्राचार्य रतन अएडीले बताए ।
          महिनावारी (छाउपडी) र सुत्केरी महिला घरभित्र बसेमा देवता रिसाउने गाइगोरू मर्ने घरपरिवारले विभिन्न संकट व्यहोर्नुपर्ने, फलफूल र अन्य बोटविरुवा सुक्छ भन्ने कुप्रथा कतिपय ग्रामीण भेगमा अझै पनी रहेको छ ।
तर, विद्यालयमा यो प्रथा न्यूनिकरण हुँदै गएको महिला विकास अधिकृत लक्ष्मी ढकालले बताइन ।
महिनावारी भएका बेला किशोरी तथा महिलाले घर बाहिर बस्नु पर्ने र यस समयमा छात्रा तथा शिक्षिकाले विद्यालय जान हुँदैन् भन्ने भनाई हाम्रो समाजमा रहदै आएको छ ।
           विद्यालयमा छात्रा शौचालय निर्माण थालिएपछि महिनावारी भएको बेला विद्यालय जाने छात्रा तथा शिक्षिकाको संख्या बढेको जिल्ला शिक्षा अधिकारी गोबिन्दप्रसाद पोखरेलले बताए ।

          जिल्ला शिक्षा अधिकारी पोखरलेका अुनसार यो बर्ष जिल्लाका नेरा मावि बुढीगंगा, पार्वती मावि पैमा, त्रिशक्ति उच्च मावी बाह्रविस, मालिका उच्च मावि मार्तडी, सरस्वती विद्यालय, जुगाडा, वर्तादेवी प्रावि छतारा र थुमथला प्रावि धल्काँडामा छात्रा शौचालय  निर्माण गरिने छ ।




आयोडिन नूनबारे गृहणीलाई जानकारी

अनुमोदन समाचार/बझाङ
फागुन, २५गते
साल्ट टेडिड्ड कार्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीले आयोडिन नूनको प्रयोग बढाउने उद्देश्यले  बझाङका गृहणी महिलाहरू विच जनचेतना मुलक कार्यक्रम गरेको छ ।
           जिल्ला स्वास्थ्य कार्यालय र साल्ट टे«डिड्डले बिहिवार सदरमुकाम चैनपुरमा आयोडिनको कमीवाट हुने विकृति निवारण सम्वन्धी अभिमुखी तथा जनचेतना कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा गृहणीहरूलाई आयोडिन यूक्त प्याकेटको नूनको महत्वबारे जानकारी दिइएको थियो।
अभिमुखीकरणमा जिल्लाका विषेश गरेर भान्सामा काम गर्ने महिला, आमा समूह तथा महिला स्वयंसेविकाहरूको उपस्थिती रहेको थियो ।साथै जिल्लाका महिलाहरुले अझैपनि आयोडिन नुनको महत्वबारे जानकारी नभएकाले यसवारे गाँउमा जनचेतना दिनु पर्ने उनले सुझाव दिए ।
      साल्ट टे«डिड्ड कार्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीका विभागिय प्रवन्धक केशबप्रसाद पाण्डेले शरिरमा आयोडिन नूनको कमी भएमा शाररिक तथा बौद्धिक क्षमतामा कमी आउने साथै गर्भवती महिलामा यसको कमी भएमा जन्मने बालबालिका लाटो,लठेङ्ग्रोे, कमतौलको तथा सुष्तमनस्थितीको  हुन सक्ने भएकाले यसको प्रयोग गर्नु पर्ने आग्रह गरका थिए  । साथै आयोडिन नूनको  महत्व र असरबारे स्वास्थ्य कार्यालयकी निशा जोशी र सह–प्राध्यापक कल्पना बस्नेत (राणा) ले कार्यपत्र प्रस्तुत गरका थिए ।
    कार्यक्रममा क्षेत्रिय प्रशासक आत्मराम पाण्डेले आयोडिन नूनको पहु“च साथै जिल्लाको विकास निर्माण र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।

उनले जिल्लाका सबै कार्यालय प्रमुखहरुलाई जनताका काम छिटो छरितो गरिदिन निर्देशन समेत दिएका छन् । क्षेत्रिय प्रशासक पाण्डेले जिल्ला प्रशासन कार्यालयको नव निर्मित भवनको समेत उद्घाटन गरे ।भवन झन्डै दुई करोडको लगानीमा निर्माण गरिएको हो ।



करेन्ट लागेर युवकको मृत्यु

अनुमोदन समाचार/बझाङ
फागुन, २५गते
 माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा ब्यासी गाविस–२ झुटेडाका २३ बर्षीय शैलेन्द्रबहादुर राना रहेको प्रहरीले जनाएको छ ।
तारूगाडमा युपीएस मार्फत करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका रानालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बुधवार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रिभुन उच्च माविको स्वर्ण जयन्ती

अनुमोदन समाचार/धनगढी
फागुन, २५गते
त्रिभुवन उच्च माध्यामिक विद्यालय बोराडाडीको ५० औं स्वर्ण जयन्ती  बिहीवार मनाइएको छ ।
        कार्यक्रमको उद्घाटन गर्दै एकिकृत नेकपा माओवादीका नेता तथा पूर्व बाणिज्य मन्त्री लेखराज भट्टले आर्थिक क्रान्ति विना देशको विकास हुन नसक्ने बताएका छन् ।
             राजनीतिक अस्थीरता कारण देशको विकास हुन नसकेको बताउँदै नेता भट्टले अबको अन्तिम विकल्प अर्थिक क्रान्ति रहेको बताए ।
उनले खस जातिको पहिचानका लागि सुदूरपश्चिम वासीहरु एक जुट भएर लाग्नु पर्ने बताए । त्रिभुवन उच्च माविको  सहयोगका लागि आफू प्रतिवद्ध रहेको उनले बताए ।
         कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थागत अध्यक्ष, सदस्य, पूर्व प्रअ, उच्च माविमा अध्यनरत विद्यार्थी, एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
प्रअ सिताराम अवस्थीले बार्र्षिक आयव्यय बिवरण समेत प्रस्तुत गरेका थिए ।











दुर्घटनामा आठ घाइते


अनुमोदन समाचार/बाजुरा
फागुन, २५गते

बाजुरा सदरमुकाम मार्तडीबाट तिपाडा बजारका लागि छुटेको ट्याक्टर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
    मार्तडी–तिपाडा सडकखण्डअन्तरगत नुनेपानी नजिकै से १ त ५३७० नम्बरको ट्रयाक्टर बिहीवार दुर्घटना भएको हो । दुर्घटनामा बुढीगंगा–२ की २० वर्र्षीया कमला मिजार गम्भीर घाइते भएकी छन् ।
         उनको टाउको र पेटमा चोट लागेको छ,  घाइते कमलालको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा ट्याक्टर चालक कैलाशमाडौं १ का रामबहादुर बुढा, मार्तडी–९ की कल्पना थापा, ब्रह्मतोला कुडीकी कल्पना रावत समेत घाइते भएका छन् । अन्य चार जनालाई भने सामान्य उपचारपछि घर फर्काइएको छ ।



वक्तृत्वकला प्रतियोगिता


 अनुमोदन समाचार/कञ्चनपुर 

फागुन, २५गते
इन्सेक कञ्चनपुरको आयोजनामा पिपलाडी– ८ स्थित कालिका माध्यमिक विद्यालयमा बिहीवार जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता भएको छ ।
‘बालअधिकार सुनिश्चतताका लागि बालमैत्री विद्यालय’ बिषयक वक्तृत्वकलामा  बालअधिकार प्रबर्दन कार्यक्रम अन्तर्गत आबद्ध पाँच विद्यालयका १० छात्रछात्राहरूको सहभागिता रहेको थियो ।
 कार्यक्रममा बैजनाथ उच्च मावि जडेपानीकी सपना बिष्ट प्रथम, भुवनेश्वरी उच्च मावि सिसैयाका सिता आर्चाय द्धित्तिय, बेजनाथ उच्च मावि कसरौलका भुवन तिवारी तृतिय र  कालिका मावि पिपलाडीका लालसिंह सार्की सान्त्वना भएका थिए ।
विजयी विद्यार्थीहरूलाई झलारी स्रोत केन्द्रका स्रोत व्यक्ति हर्कबहादुर चन्द, इन्सेक जिल्ला संयोजक दिलबहादुर चौधरी र साहित्यकार बाशुदेब भट्टले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका थिए ।



पत्रकारिता तालिम सम्पन्न


अनुमोदन समाचार/धनगढी
फागुन, २५गते
रेडियो धनगढी ९०.५ मेगाहर्ज कैलालीको आयोजनामा दश दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम बुधबार धनगढीमा सकिएको भएको छ ।
        मिडिया मिसन प्रालिका अध्यक्ष दिपेन्द्रबहादुर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापति एफएमका स्टेशन म्यानेजर युवराज न्यौपाने रहेका थिए ।
    तालिमको सहजिकरण एफएमका स्टेशन म्यानेजर युवराज न्यौपाने, समाचार प्रमुख श्रवण देउवा, कार्यक्रम संयोजक हरि जोशी गरेका थिए । तालिम फागुन १५ गतेबाट शुरु भएको थियो ।

बन्द खुल्यो


अनुमोदन समाचार/धनगढी
फागुन, २५गते
संघीय लोकतान्त्रिक मोर्चा नेपालले बिहीवार आह्वान गरेको बन्द दिउ“सोबाट खुलेको छ । बिभिन्न संगठनले दुई दिनको बन्दका कारण प्रताडित जनताहरु दिउँसो तीन बजेबाट खुलेपछि बजारमा चहलपहल बढेको थियो ।
बन्दका कारण बिहीवार दिनभर कुनै पनि लामो तथा छोटो दुरीका सवारीका साधनहरु सञ्चालनमा आउन सकेका थिएनन् भने बजार पसल, शिक्षण संस्था, उद्योगधन्दा कलकारखाना सबै पूर्ण रुपमा बन्द रहका थिए । मोर्चाले संक्रमण कालको निकासका लागी संविधान सभा र स्थानीय निकायको चुनाव आगामी जेठ मसान्त भित्र सम्पन्न गर्नु पर्ने माग राख्दै नेपाल बन्दको घोषणा गरेको थियो ।

कोठाबाट चोरी

अनुमोदन समाचार/लम्की   
फागुन, २५गते
लम्कीमा रहेको जेपी अटोका ब्रन्च मेनेजर ज्ञानन्द मलधरीको कोठाको बुधवार राति चोरी भएको छ ।
कोठाको कण्डा भाचेर एक थान एलसिडी टिभि, चार थान टुर बक्स, पाँच थान ज्याक, एक थान पानी मोटर चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज चक्र शाहले चोरीको बारेमा अनुसन्धान भइरहेको बताए ।

शिक्षक संगठनको अधिवेशन आज

अनुमोदन समाचार/धनगढी
फागुन, २५गते
नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीको ११ औं चुनावी जिल्ला अधिवेशन आज (शुक्रवारदेखि शुरु हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनबाट नयाँ कार्य समिति चयन हुने जनाइएको छ ।
    अध्यक्ष पदका प्रत्यासी  बर्तमान सचिव तिलक सिंह र उपाध्यक्ष नरबहादुर बमको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
    तिलक सिहको प्यानलबाट उपाध्यक्षमा  हर्क भण्डारी, सचिवमा ममताप्रसाद चौधरी र कोषाध्यक्षमा रामप्रसाद भटट्राई रहेका छन् । त्यस्तै, नरबहादुर बमको प्यानलबाट उपाध्यक्षमा खड्क कठायत, सचिवमा खकेन्द्र धमाला र कोषाध्यक्षमा प्रदीप मल्ल रहेका छन् । कैलालीमा संगठनका करिव तीन हजार सदस्य रहेका छन् ।

Wednesday, March 6, 2013

बन्दले जनजीवन प्रभावित, आज संघीय लोकतान्त्रिकको बन्द

अनुमोदन समाचार/धनगढी
फागुन, २४गते

नेकपा-माओवादीसहितको संयुक्त मोर्चाले आह्वान गरेको बुधवारको नेपाल बन्दका कारण कैलाली लगायत देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भयो ।
    बन्दका कारण उद्योग,  कलकारखाना, विद्यालय, बजार, सरकारी तथा गैरसरकारी संस्था ठप्प रहे भने यातायात सञ्चालन हुन सकेन ।
                                                                        बन्दले सुनसान धनगढी बजार
     धनगढीमा फाट्टफुट्ट रूपमा मोटरसाइकल चले पनि अन्य सवारी साधन भने ठप्प रहेका थिए । बन्दका कारण अधिकांश मानिसहरू हिंडेर आफ्नो गन्तव्यतर्फ जान बाध्य भएका थिए । बन्दका कारण बसहरू धनगढी बसपार्कमै रोकिएका थिए  ।

     बन्द सफल पार्न नेकपा–माओवादी र साना वामपन्थी दलका कार्यकर्ता विहानैदेखि सडकमा उत्रिएका थिए । बन्दलाई सफल पार्न बन्द आह्वान कर्ताले दिउ“सो बजारमा जुलुस समेत प्रर्दशन गरेका थिए ।

     प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने मुख्य दलको तयारी गैरजिम्मेवार र संविधानविपरीत भएको तथा दलहरू बीचबाटै प्रधानमन्त्रीको चयन गरिनुपर्ने भन्दै संयुक्त मोर्चाले बुधवार नेपाल बन्द आह्वान गरेको थियो ।

बन्दको प्रभाव शिक्षण संस्थामा पनि परेको थियो बिहानको समयमा पढाइ सुरु हुने विद्यालयमा पढाइ ठप्प भएको थियो ।

      बन्दको मार सबैभन्दा बढी परीक्षााको तयारीमा बसेका विद्यार्थीलाई परेको छ । उनीहरुले बन्दको विकल्प खोज्न बन्दकर्तालाई आग्रहसमेत गरेका छन् ।

          बन्दका क्रममा  कैलालीमा कुनै अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।  बन्दमा कुनै अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सडक तथा बजार क्षेत्रका चोकमा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा भने बन्दको आंशिक प्रभाव परेको थियो । बजार तथा यातायात पूणर््ँरुपमा ठप्प भए पनि कार्यालय, शैक्षिक संस्था तथा घरेलु तथा साना कलकारखाना बिहानैदेखि खुलेका थिए । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, बाजुरा तथा अछामको यातायात र मुख्य बजार मात्र बन्द थिए् ।       कैलालीमा बेलुका ५ बजेपछि बन्द फिर्ता लिएको माओवादीका जिल्ला इन्चार्ज हेमराज भट्टराईले जानकारी दिए ।

     चार दलले विदेशी हस्तक्षेप निम्त्याउने काम गरेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय सरकार गठनकोलागि  बन्द आह्वान गरिएको  ईन्चार्ज भट्टराईले बताए । कैलालीमा मार्चाले कोण सभाको आयोजना गरेर बन्द खुलेको जानकारी गराएको थियो ।



     नेकपा-माओवादीसहितको संयुक्त मोर्चाको बन्द खुलेपनि आज ( बिहीवार) संघीय लोकतान्त्रिक मोर्चाले नेपाल कञ्चनपुरले नेपाल बन्दको घोषणा गरेको छ ।

संक्रमण कालको निकासका लागि संविधानसभा र स्थानीय निकायको चुनाव आगामी जेठ मसान्त भित्र सम्पन्न गर्नु पर्ने माग राख्दै मोर्चाले नेपाल बन्दको घोषणा गरेको मंगलवार प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

तोकिएकै मितिमा अधिवशन माग गर्दै रिले अनसन


अनुमोदन समाचार/धनगढी
फागुन, २४ गते   
नेपाल विद्यार्थी संघ कैलालीको ११ औं अधिवेशन तोकिएको मितिमा हुनुपर्ने माग राख्दै  नेपाल विद्यँर्थी संघ जिल्ला कार्य समितिले बुधवारदेखि पार्टी कार्यालयमा रिले अनसन शुरु गरेको  छ ।
    जिल्ला अधिवेशन तोकिएको मिति फागुन २५ र २६ हुनु पर्ने र राष्ट्रिय महाधिवेशन समेत चाँडो हुनु पर्ने माग राख्दै रिले अनसन थालिएको  अनसनमा बसेका नेविसंघका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले बताए ।
    नेपाली काँग्रेस जिल्ला कार्य समितिले आफू हरुलाई कुनै जानकारी नदिई अधिवेश सारेकोले त्यसको विरोधमा अनसन थालिएको अध्यक्ष शाहीले बताए ।
उनले जिल्ला अधिवेशनका लागि मात्र अनसन नभएर राष्ट्रिय महाधिवेशन चाँडो गराउनका लागि समेत रहेको बताए ।मंगलवार धनगढीमा बसेको  नेविसंघको बैठकले अधिवेशनका लागि विभिन्न व्यवस्थापन समितिको संयोजक समेत तोकिसको छ ।
    संस्थापन पक्षधर मानिने नेविसंघका कृष्ण कुँवरले आफूहरु अधिवेशनको विरोधी नभएको बताएका छन् । उनले आफूहरुस“ग सल्लाह नगेरै एक्लोटी रुपमा अधिवेशन गर्न लागेको आरोप लगाए ।
नेविसंघ कैलालीको जिल्ला अधिवेशन पटक–पटक सर्दै आएको छ ।
नेविसंघका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले पार्टीका कारण चार पटक अधिवेशन सरेको बताए ।

शिक्षकहरू चुनावि प्रचारमा


लीलाराज खत्री/बौनिया
फागुन, २४ गते

नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीको आसन्न चुनावी अधिवेशनका लागि  शिक्षक उम्मेद्वारहरू चुनावी प्रचारमा लागेका छन् ।
    फागुन २५ र २६ गते धनगढीमा आयोजना हुने ११ औ अधिबेशनको प्रचारका लागि उम्मेद्वारहरू घरदैलो अभियानमा लागेका छन् ।
नयाँ कार्य समितिका लागि प्यानल बनाएर चुनावी प्रचारमा लागेका छन् ।
    अध्यक्ष पदका प्रत्यासी  बर्तमान सचिव तिलक सिंह र उपाध्यक्ष नरबहादुर बमको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
    तिलक सिहको प्यानलबाट उपाध्यक्षमा  हर्क भण्डारी, सचिवमा ममताप्रसाद चौधरी र कोषाध्यक्षमा रामप्रसाद भटट्राई रहेका छन् । त्यस्तै, नरबहादुर बमको प्यानलबाट उपाध्यक्षमा खड्क कठायत, सचिवमा खकेन्द्र धमाला र कोषाध्यक्षमा प्रदीप मल्ल रहेका छन् । कैलालीमा संगठनका करिव तीन हजार सदस्य रहेका छन् ।

क्षतिपुर्ती दिने सहमतीपछि आफन्तले शव बुझे

अनुमोदन समाचार/अत्तरिया
फागुन, २४ गते
अत्तरियामा ट्याक्टरको ठक्करबाट ज्यान गुमाएकी किशोरीका आफ्न्तले बुधवार शव बुझेका छन् ।

बुधवार किशोरीका आफन्त, प्रहरी प्रशासन र ट्याक्टर ब्यवसायी महासंघ बिच पीडित पक्षलाई उचित क्षतीपूर्ति दिने सहमति भएपछि मृतक किशोरीका आफन्तले शव बुझेका हुन ।

     कञ्चनपुरबाट अत्तरियातर्फ आउँदै गरेको से १ त ३०२३ नम्बरको ट्याक्टरले मंगलवार ठक्कर दिँदा मालाखेती गाविस–७ वनखेतकी करिव १५ वर्षीय सरस्वती बोगटीको मृत्यु भएको थियो । किशोरी ट्युसन पढेर घर जादै गरेको अवस्थामा ठक्कर दिएको थियो ।

स्थानीयद्वारा सडक मर्मत


अनुमोदन समाचार/बौनिया
फागुन, २४ गते
आफ्नो गाउँ आफै बनाउ भन्ने नाराका साथ कैलालीको सडकपुर बौनियाका स्थानीयले  सडक मर्मत गरेका छन् ।
    सडकपुर बौनियास्थित प्रगतिशिल टोलका ३६ घर परिवारले श्रमदान तथा नगद जम्मा गरेर डेढ किलोमीटर सडकक मर्मत गरेका हुन ।
    ३२ हजार नगद उठाई  १५ दिनसम्म श्रमदान गरेर  सडकपुर बौनियाबाट झगडपुर सेति लोकमार्ग जोडने सडक मर्मत गरिएको सडक निर्माण समितिका संयोजक दलबहादुर बुच्चाले बताए ।
    मर्मत गरिएको सडकमा ग्रावेल हाल्नका लागि जिल्ला विकास समितिसँग माग गरिने संयोजक बुच्चाले बताए ।
यस्तै, सडक मर्मतका लागि सुगरखाल–७, सोल्टाका स्थानयले सडक निर्माण समिति गठन गरेका छन् । चिसापानीदेखि सोल्टा सम्मको २० किलोमिटर लामो सडक मर्मतका लागि जगबहादुर थापाको अध्यक्षतामा सडक निर्माण समिति गठन गरिएको हो ।
समितिको कोषाध्यक्षमा गगादेबी बिष्ट तथा सदस्यहरूमा कृष्णा बिष्ट, नरबहादुर भण्डारी, दयाराम भण्डारी, डम्मर बडुवाल र सदस्य सचिव बिर्ख भुल रहेका छन् ।
गाविस सचिव तेजबहादुर शाहको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ ।

अपाङ्गताका लागि बोसिया खेल


अनुमोदन समाचार/धनगढी
फागुन, २४ गते
अपाङ्गता भएका व्यक्तिहरुका लागि बुधवारदेखि धनगढीमा बोसिया खेल प्रशिक्षक प्रशिक्षण, खेलाडी प्रशिक्षण तथा खेल प्रतियोगिता शुरु भएको छ ।
      ‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ ।
जाइका नेपाल ललितपुर, रोटरी क्लव अफ जावालाखेलको सहयोग तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजनामा कार्यक्रम शुरु भएको हो ।
    कार्यक्रमको उद्घाटन पञ्चोदय उच्च माविका पूर्व प्राचार्य यादवप्रसाद जोशीले गरे । उनले अपाङ्गता भएका व्यक्तिहरु पनि शारीरिक तथा मानसिक रुपमा खेद तर्फ आकर्षण गर्न यस्ता प्रतियोगिताले सहयोग गर्ने बताए ।
    देशका पाँच विकास क्षेत्रमा आयोजना हुने कार्यक्रम यहाँ समेत शुरु भएको प्रशिक्षक प्रतिमा गुरुङले बताइन ।  कार्यक्रममा कैलाली, कञ्चनपुर र डोटी जिल्लाका प्रशिक्षक प्रशिक्षण र खेलाडीहरुको सहभागिता रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बुधबार पहिलो चरणका प्रतियोगिता भएका छन् । प्रतियोगितामा २० खेलाडी प्रशिक्षक र १० प्रशिक्षक रहेका छन् ।
    बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रिय विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्ल, सुदूरपश्चिमाञ्चल खेलकुद निर्देशक रामेश्वरप्रसाद श्रेष्ठ, खेलकुद विकास जिल्ला समितिका कार्यालय प्रमुख लक्ष्मण योगिको उपस्थिति रहेको थियो  ।