गत वर्ष ३० दशमलव ७९ विद्यार्थी उत्तीर्ण भएका थिए । १३ हजार पाँच सय ७७ परीक्षार्थीले एसएलसी दिएकोमा चार हजार एक सय ५६ परीक्षार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँदले जानकारी दिए ।
एक सय ६५ विशिष्ठ श्रेणी, एक हजार सात सय ७८ प्रथम श्रेणी, दुई हजार ४७ द्वितीय श्रेणी र एक सय ६६ तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यसैगरी, आंशिकतर्फ पाँच सय ३० (नौ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् । तीन जना प्रथम, तीन सय ७७ द्वितीय र एक सय ५० तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
कैलालीमा ४७ परीक्षा केन्द्र मार्फत नियमित र आंशिक गरी १८ हजार नौ सय १९ विद्यार्थीले एसएलसी परीक्षा दिएका थिए । यस वर्ष कैलालीका दुई सय आठ विद्यालयका विद्यार्थीहरूले एसएलसी दिएका थिए ।
२०६६ सालमा ४३.८९ प्रतिशत उत्तीर्ण भएकोमा २०६७ मा ३८.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसैगरी, २०६८ मा उत्तीर्ण हुनेको संख्या बढेर ४३.१७ प्रतिशत पुगेको थियो ।
यसरी नतिजा ओरालो लाग्नुमा विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउनु र बेलाबेलामा हुने बन्दका कारण पूरै पढाई नहुनु प्रमुख कारण रहेको शिक्षासँग सम्बद्ध विज्ञहरूको भनाई छ । यस वर्È पनि पाँच नम्बर ग्रेस दिइएको छ । निजी भन्दा सामुदायिक विद्यालयको नतिजा कमजोर रहेको छ ।
कञ्चनपुरमा २५.०२ प्रतिशत उत्तीर्ण
एसएलसी परीक्षाको प्रकाशित नतिजा अनुसार कञ्चनपुरमा नियमिततर्फ २५ दशमलव ०२ अर्थात् एक हजार नौ सय २५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका सहायक जिल्ला शिक्षा अधिकारी पद्मराज जोशीका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये विशिष्ठ श्रेणीमा ८० विद्यार्थी, प्रथम श्रेणीमा ८ सय ५९ विद्यार्थी, द्वितीय श्रेणीमा ९ सय ८ विद्यार्थी र तृतीय श्रेणीमा ७८ विद्यार्थी उत्तीर्ण भएका छन् ।
तीन जना विद्यार्थी अंक हराएको र १२ जना परीक्षार्थीको प्रयोगात्मक परीक्षाको अंक हराएको नतिजामा उल्लेख छ । सात हजार छ सय ९३ विद्यार्थीले परीक्षा दिएका थिए ।
आंशिकतर्फ तीन हजार तीन सय ८७ परीक्षार्थीमध्ये दुई सय ५६ परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । तीन परीक्षार्थी प्रथम श्रेणीमा, दुई सय परीक्षार्थी द्वितीय र ५३ परीक्षार्थी तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । आंशिकतर्फ १७ विद्यार्थीको प्रयोगात्मक अंक हराएको नतिजामा उल्लेख छ ।
देशैभरि ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको
अवस्थामा कञ्चनपुरमा २५ दशमलव ०२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु निराशाजनक नतिजा हो ।
गत शैक्षिक सत्र २०६९ को एसएलसी परीक्षामा ३२ दशमलव ४५ प्रतिशत र अघिल्लो शैक्षिक सत्र २०६८ मा २७ दशमलव ८३ प्रतिशत
परीक्षार्थी उत्तीर्ण भएका थिए । एसएलसी परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यालयहरूको अग्रपंक्तिमा निजी विद्यालयहरू रहेका छन् ।
यस पटकको एसएलसीको नतिजा अनुसार कञ्चनपुरका छ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् भने ८ विद्यालयले निल अर्थात् शुन्य प्रतिशत नतिजा ल्याएका छन् । शतप्रतिशत नतिजा ल्याउने सबै विद्यालय निजी विद्यालय रहेका छन् भने शुन्य हुने विद्यालयमा निजी र सामुदायिक दुबै रहेका छन् ।
डोटीमा १७.७ प्रतिशत उत्तीर्ण
यस वर्षको एसएलसी परीक्षामा डोटीमा तीन सय ८१ (१७.७ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत वर्षको भन्दा यो वर्ष १० प्रतिशतले नतिजा निराशा जनक आएको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ ।
नियमिततर्फ दुई हजार एक सय ५२ र आंशिकतर्फ एक हजार चार सय २४ जनाले एसएलसी दिएका थिए । जसमध्ये नियमितबाट एक जना विशिष्ठ श्रेणी, एक सय २४ प्रथम श्रेणी, दुई सय ४७ द्वितीय र १० जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ आंशिकतार्फ ३१ जना द्वितीय र
नौ जना तृतीय गरी ४० जना उत्तीर्ण भएका छन् । डोटीका १३ वटा विद्यालयको नतिजा शुन्य आएको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ ।
अछाममा १०.७९ प्रतिशत उत्तीर्ण
अछामबाट १०.७९ अर्थात् चार सय ७६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत वर्षको भन्दा यस वर्ष एक दशमलव ४५ प्रतिशतले नतिजा घटेको छ । गत वर्ष यहा“बाट १२.२४ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए ।
परीक्षामा नियमिततर्फ चार हजार चार सय ११ जना सहभागि भएका थिए । नियमिततर्फ दुई जना विशिष्ट श्रेणी, ८४ प्रथम श्रेणी, तीन सय ६२ जना द्वितीय श्रेणी र २८ तृतीय श्रेणीमा जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले बताए । यसैगरी, आंशिकतर्फ एक सय सय ६७ जना विद्यार्थी उत्र्तीर्ण भएका छन् ।
डडेल्धुरामा २० प्रतिशत उत्तीर्ण यस जिल्लाबाट २० प्रतिशत अर्थात् चार सय ९८ परिक्षार्थी उत्तीर्ण भएका छन् ।
दुई हजार चार सय ७४ ले एसएलसी दिएकोमा नौ जना विशिष्ठ श्रेणी एक सय २० जना प्रथम श्रेणी तीन सय ४३ द्वितीय र २६ तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ । यसैगरी, आंशिकतर्फ एक सय दुई विद्यार्थी उत्र्तीण भएका छन् ।
दार्चलामा २८.०७ प्रतिशत उत्तीर्ण
दार्चुलाबाट २८.०७ प्रतिशत अर्थात् छ सय ३५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ दुई हजार दुई सय ६२ जना सहभागि भएकोमा एक जना विशिष्ट श्रेणीमा एक सय २३ प्रथम, चार सय ९३ द्वितीय र १८ विद्यार्थी तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ ।
बाजुरामा चार सय ८७ उत्तीर्ण बाजुराबाट नियमित तर्फ चार सय ८७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
दुई हजार दुई सय ६८ परीक्षाथी सहभागि भएकोमा तीन विशिष्ठ, एक सय नौ प्रथम, तीन सय ५२ द्वितीय र २३ तृतीय श्रेणीमा उतीर्ण भएका छन् ।
